नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ६० किलो सुन तस्करी प्रकरणमा संलग्न ४६ जनालाई प्रतिवादी बनाउन राय दिँदै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा प्रतिवेदन बुझाएको छ।
जसमध्ये २० जना पक्राउ परेका छन् भने २६ जना फरार छन्। पक्राउ पर्नेमा चिनियाँ र भारतीय व्यक्ति संलग्न रहेको सीआईबी स्रोतले जानकारी दियो।
उनीहरूविरुद्ध २ खर्ब ६६ अर्ब ७६ करोड बिगो दाबी गरिएको छ।
यसबारे सीआईबीले केहीबेरमा पत्रकार सम्मेलन गरेर जानकारी दिँदैछ।
93
Shares
प्रतिक्रिया