नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापालाई थुनामा पठाइएको छ।
थापाविरुद्ध दायर भएको रिटमा मंगलबार काठमाडौँ जिल्ला अदालतमा थुनछेक बहसपछि थुनामा पठाउने आदेश भएको हो।
न्यायाधीश शकुन्तला कार्कीृको इजलासमा सुनुवाइ भएको थियो।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको अभियोग उनीमाथि छ।
उनलाई ठगी, संगठित अपराध, सरकारी लिखत किर्ते, राज्यविरुद्धको कसुर र एकीकृत कसुरमा सजाय माग गरिएको छ। यी सबै अभियोग जोड्दा २४ वर्ष कैद मागदाबी लिइएको छ।
उनी काठमाडौँको नक्सालस्थित नीलगिरि होटलमा बसेर नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने कार्यमा सक्रिय रहेको खुलेको अभियोगपत्रमा उल्लेख छ।
258
Shares
प्रतिक्रिया