ad ad

समाज


उपत्यकाका नदीमा बहाव बढेपछि करिडोरमा प्रहरीको गस्ती

उपत्यकाका नदीमा बहाव बढेपछि करिडोरमा प्रहरीको गस्ती

भक्तपुरको हनुमन्ते खोलामा आएको बाढी सतहभन्दा माथि पुगेर बस्तीमा पस्न थालेको छ। तस्बिरः रासस


नेपालखबर
असार २२, २०८१ शनिबार १३:२६, काठमाडौँ

अविरल वर्षाका कारण उपत्यकाका खोला तथा नदीमा पानीको बहाव बढेपछि सुरक्षाका प्रहरीको गस्ती परिचालित गरिएको छ। 

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले उपत्यकाका करिडोर क्षेत्रमा सम्भावित जोखिम रोक्न प्रहरीले गस्ती थालेको जानकारी दिए। ‘बाढीले नदीका तटीय क्षेत्रका बासिन्दालाई पर्नसक्ने असर र  जोखिमलाई मध्यनजर गरेर सबै करिडोरमा गस्ती थालिएको छ,’ उनले भने।

प्रवक्ता मैनालीले वाग्मती, विष्णुमती, मनहरा, हमुमन्तेलगायत सबै नदी खोलाका करिडोरमा अहिले प्रहरीको गस्ती जारी रहेको बताए। अहिलेसम्म उपत्यकामा विपद्जन्य घटना नभएको भन्दै उपत्यकाका तीनवटै जिल्लाका सुरक्षाकर्मीलाई खोला तथा नदी तटीय क्षेत्रमा हुनसक्ने सम्भावित घटनामा उद्धार गर्न तयारी अवस्थामा राखिएको उनले जानकारी दिए।

‘यो बेलामा घटना भइहाल्न सक्छन्, त्यसलाई ध्यानमा राखेर टोली तयारी अवस्थामा राखेका छौं’, प्रहरी वरिष्ठ उपरीक्षक मैनालीले भने, ‘कतैबाट सूचना आउनेवित्तिकै परिचालन गरी उद्धारमा खटिने छौँ।’

 वर्षाका कारण आज देशका अधिकांश जिल्लाको जनजीवन प्रभावित भएको छ भने ठाउँठाउँमा सडक अवरुद्ध भएका छन्। कतिपय ठाउँमा डुबान, बाढी तथा पहिरोले जनजीवन प्रभावित बनाएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .