ad ad

समाज


बाढी पहिरोबाट मृत्यु हुनेको संख्या ८३ पुग्यो, २९ सय ५४ परिवार विस्थापित

बाढी पहिरोबाट मृत्यु हुनेको संख्या ८३ पुग्यो, २९ सय ५४ परिवार विस्थापित

नेपालखबर
असार २६, २०८१ बुधबार १७:३८, काठमाडौँ

अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी मृत्यु हुनेको संख्या ८३ जना पुगेको छ।

बुधबार दिउँसोसम्म ८३ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा १ जना, कोशी प्रदेशमा १९ जना, मधेश प्रदेशमा ३ जना, बागमती प्रदेशमा ४ जना, गण्डकी प्रदेशमा २३ जना, लुम्बिनी प्रदेशमा २२ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा ७ जना गरी जम्मा ८३ जनाको मृत्यु भएको हो ।

काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा ३१ जना, मधेश प्रदेशमा ७ जना, बागमती प्रदेशमा ४ जना, गण्डकी प्रदेशमा २६ जना, लुम्बिनी प्रदेशमा ९ जना, कर्णाली प्रदेशमा १५ जना र सुदूरपश्‍चिम प्रदेशमा ११ जना गरी जम्मा १ सय ६ जना घाइते भएका छन्।

घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

साथै कोशी प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा १२ जना गरी जम्मा ५३ जनाको उद्दार गरिएको प्रहरीले जनाएको छ।

बाढी पहिरोमा परी कोशी प्रदेशमा २ जना, बागमती प्रदेशमा २ जना र सुदूरपश्‍चिम प्रदेशमा १ जना गरी ५ जना वेपत्ता छन्। बेपत्ताको खोजी कार्य जारी छ।

बाढीको कारण जम्मा १ सय ६१ घर डुबानमा परेका छन्। १ सय ४२ वटा घर, ५५ वटा गोठ, ४१ वटा पुल, १ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ। ४ सय ११ वटा पशु चौपायको मृत्यु भएको छ।

यो अवधिमा विपद्‍का घटनाबाट २ हजार ९ सय ५४ घर परिवार विस्थापित भएका छन्। साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत भइरहेको छ।

विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत प्रहरीले गरिरहेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .