ad ad

समाज


नारायणी नदीमा बेपत्ता २ बसका यात्रु खोज्न सशस्त्रको गोताखोर परिचालन (तस्बिर/भिडिओ)

नारायणी नदीमा बेपत्ता २ बसका यात्रु खोज्न सशस्त्रको गोताखोर परिचालन  (तस्बिर/भिडिओ)

घटनास्थल


नेपालखबर
असार २८, २०८१ शुक्रबार ८:४१, काठमाडौँ

नारायणी नदीमा बेपत्ता दुईवटा बसका यात्रुको खोजीमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालित भएका छन्। 

चितवनको भरतपुर महानगरपालिका-२९ सिमलतालमा आज बिहान पहिरोले दुईवटा यात्रु बस बगाएर नारायणी नदीमा खसाउँदा ६० जनाभन्दा धेरै यात्रु नारायणी नदीमा बेपत्ता भएको अनुमान गरिएको छ।  

आज बिहान ३ बजे भएको यो घटनामा धेरै जनाको हताहती भएको अनुमान प्रहरीले गरे पनि अहिलेसम्म कसैको शव फेला परेको छैन। 

घटनास्थलमा अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरेर सयौँ सुरक्षाकर्मी बेपत्ताको उद्धार र खोजीमा खटिएका छन्। 

‘दुवै बसमा गरेर झण्डै ६५ जना यात्रु सवार रहेको अनुमान हामीले गरेका छौँ,’ जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले नेपालखबरसँग भने, ‘एउटा बसमा ४१ जना र अर्को बसमा २४ जना रहेका प्रारम्भिक जानकारी आएको छ।’ 

पहिरो गएको क्षेत्रमा अहिले यातायात अवरुद्ध छ। मुग्लिन नारायणगढ सडक खण्डका आधा दर्जन ठाउँमा पहिरो गएको प्रहरीले जनाएको छ।

पहिरोले यातायात अवरुद्ध हुँदा हजारौँ यात्रु अलपत्र परेका छन्। 

हेर्नुहोस् घटनास्थलका तस्बिर/भिडिओ :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .