ad ad

समाज


क्यान्सर अस्पतालका लेखा अधिकृत अमृता कोइराला घुससहित पक्राउ

क्यान्सर अस्पतालका लेखा अधिकृत अमृता कोइराला घुससहित पक्राउ

नेपालखबर
साउन ७, २०८१ सोमबार १६:१०, काठमाडौँ

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, चितवनमा कार्यरत लेखा अधिकृत अमृता कोइराला घुससहित पक्राउ परेकी छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कोइरालालाई नियन्त्रणमा लिएको अख्तियार प्रवक्ता नरहरि घिमिरले जानकारी दिए।

उनका अनुसार, कोइरालालाई १ लाख ५० हजार रूपैयाँ नगद र ४ लाख ५० हजारको चेकसहित नियन्त्रणमा लिइएको हो।

औषधि आपूर्तिको बिल भुक्तानी दिएवापत सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा अख्तियारको हेटौंडास्थित कार्यालयबाट खटिई गएको टोलीले कोइरालालाई घुस लिइसकेको अवस्थामा भरतपुर महानगरपालिका वडा नं ४, कटहर चोकबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .