ad ad

समाज


काठमाडौँ उपत्यकाका ३ जिल्लामा आजदेखि विशेष पोलियो खोप अभियान

काठमाडौँ उपत्यकाका ३ जिल्लामा आजदेखि विशेष पोलियो खोप अभियान

फाइल तस्बिर


नेपालखबर
साउन ९, २०८१ बुधबार ७:२६, काठमाडौँ

सरकारले आजदेखि तीन दिनसम्म काठमाडौँ उपत्यकाका तीन जिल्लामा पोलियो रोगविरुद्धको विशेष खोप अभियान सञ्चालन गर्दैछ। 

काठमाडौँको पानीमा पोलियोको भाइरस रहेको पुष्टि भएपछि सरकारले बुधबारदेखि शुक्रबारसम्म तीन दिन काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा विशेष खोप अभियान सञ्चालन गर्न लागेको हो। 

काठमाडौँको टुकुचा खोला र बागमती नदीबाट गत जेठ १३ गते संकलन  गरिएको ढलको पानी परीक्षण गर्दा परिवर्तित पोलियो भाइरस (भ्याक्सिन डिराइभ्ड पोलियो भाइरस टाइप ३) देखिएको थियो। 

ढलको पानीमा पोलियो भाइरस पुष्टि भएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकाका तीन जिल्लामा विशेष पोलियो खोप अभियान सुरु गर्न लागेको हो । 

परिवार कल्याण महाशाखाका निर्देशक डा.विवेककुमार लालले काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाका जन्मेदेखि पाँच वर्षमुनिका सम्पूर्ण बालबालिकालाई यस अवधिमा पोलियो खोप लगाइने जानकारुी दिए। 

नियमित रुपमा पोलियो खोप दिइएको भए पनि विशेष अभियानमा आफ्ना बालबालिकालाई अनिवार्य रूपमा पोलियोविरुद्धको खोप लगाउन सरकारले अभिभावकलाई आग्रह गरेको छ। 

विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई १० वर्षअघि नै पोलियोमुक्त घोषणा गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .