ad ad

समाज


सौर्य विमान दुर्घटनामा ज्यान गुमाउनेको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाइँदै

सौर्य विमान दुर्घटनामा ज्यान गुमाउनेको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाइँदै

फाइल तस्बिर


नेपालखबर
साउन १०, २०८१ बिहिबार ७:४१, काठमाडौँ

बुधबार (साउन ९ गते) काठमाडौँमा सौर्य एयरलाइन्सको विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको शोकमा सरकारले आज (बिहीबार) राष्ट्रिय झण्डा आधा झुकाउँदै छ। 

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको हो। 

त्रिभुवन विमानस्थलबाट पोखरा जान लागेको सौर्य एयरको विमान बुधबार बिहान ११:११ बजे विमानस्थलमै दुर्घटना हुँदा विमान सवार १९ मध्ये १८ जनाको मृत्यु भएको थियो। सामान्य घाइते अवस्थामा उद्धार गरिएका विमानचालक मनिषरत्न शाक्यको केएससी अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनाबारे अध्ययन गर्न सरकारले नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतीशचन्द्रलाल सुमन संयोजकत्वमा पाँच सदस्यीय जाँचबुझ आयोग पनि गठन गरेको छ।

आयोगले दुर्घटनाको कारण र निवारणको सुझावसहितको प्रतिवेदन तयार गर्न ४५ दिनको समय दिइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .