ad ad

समाज


त्रिभुवन विमानस्थलमा भएका यी ५ विमान दुर्घटना, जसमा ७२ जनाले गुमाए ज्यान

त्रिभुवन विमानस्थलमा भएका यी ५ विमान दुर्घटना, जसमा ७२ जनाले गुमाए ज्यान

बुधबार (२०८१ साउन ९ गते) त्रिभुवन विमानस्थलबाट उड्नासाथ दुर्घटना भएको सौर्य एअरलाइन्सको जहाज।


नेपालखबर
साउन १०, २०८१ बिहिबार ९:२, काठमाडौँ

बुधबार बिहान देशकै सबैभन्दा सुरक्षित मानिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एअरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको ज्यान गयो। पाइलट मनीषरत्न शाक्य मात्र घाइते अवस्थामा बाँच्न सफल भए। उनको उपचार जारी छ। 

यो दुर्घटनापछि धेरैलाई जिज्ञासा लाग्नसक्छ- अहिलेसम्म यो विमानस्थलमा कतिपटक विमान दुर्घटना भए? अथवा यसअघि भएका थिएनन्?

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को तथ्यांकअनुसार बुधबार (२५ जुलाई २०२४) मा भएको सौर्य जहाज दुर्घटनासहित त्रिभुवन विमानस्थल परिसरमै पाँचपटक हवाई दुर्घटना भएका छन्। जसमा परी ७२ जनाको ज्यान गयो भने २७८ जना घाइते भए। 

त्रिभुवन विमानस्थलमा पहिलोपटक १९९५ जनवरी १४ मा तत्कालीन शाही नेपाल वायुसेवा निगमको जहाज दुर्घटना भएको थियो। जसमा २ जनाको मृत्यु भएको थियो भने २३ यात्रु घाइते भएका थिए । 

यसपछि सन् २००४ अप्रिल २१ मा बुद्ध एअरको जहाज दुर्घटना भयो। त्यस दुर्घटनामा १ जनाको मृत्यु भएको थियो।

यस्तै २०१५ मार्च ४ मा टर्किस एअरको वाइडबडी अवतरणका क्रममा दुर्घटना हुँदा २३५ जना घाइते भएका थिए। जहाज रनवेभन्दा बाहिर जाँदा भएको सो दुर्घटनामा मृत्यु भने कसैको भएन। 

त्यस्तै २०१८ मार्च १२ मा बंगलादेशबाट आएको यूएस-बाङ्ला एअरलाइन्सको जहाज त्रिभुवन विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको थियो। जसमा चालक दलका सदस्यसहित ५१ जनाको मृत्यु भएको थियो भने २० जना घाइते भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .