ad ad

समाज


उमेर हदका कारण अवकाश रोक्न सर्वोच्चले दिएन अन्तरिम आदेश

उमेर हदका कारण अवकाश रोक्न सर्वोच्चले दिएन अन्तरिम आदेश

नेपालखबर
भदौ २०, २०८१ बिहिबार १८:२७, काठमाडौँ

नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीसहित ५ जनाले उमेर हदका कारण हुने अवकाश रोक्न माग गर्दै दायर गरेको रिटमा  सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। 

बिहीबार न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले दुवै पक्षको बहसपछि अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो। 

सर्वोच्चले अन्तरिम आदेश नदिएसँगै नेपाल प्रहरीमा उमेर हदका कारण हुने अवकाश तत्काल नरोकिने भएको छ। 

एआईजी ज्ञवाली यही भदौ २६ गते उमेर हदका कारण अनिवार्य अवकाशमा जाँदैछन्। यस्तै डीआईजीहरू डीआईजीहरू यज्ञविनोद पोखरेल, राजेशनाथ बास्तोला, केदार ढकाल पनि ३० वर्षे सेवा अवधि नपुग्दै अवकाश हुने भएका छन्। 

यसअघि सर्वोच्चले नै ३० वर्षे सेवा अवधिका कारण हुने अवकाश रोक्न पनि अस्वीकार गरेको थियो। सुरुमा एकल इजलासले ३० वर्षे हटाउन अन्तरिम आदेश दिएपनि पछि संयुक्त इजलासले त्यसललाई बदर गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .