ad ad

समाज


१७ वर्षका किशोरले चलाएको मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु

१७ वर्षका किशोरले चलाएको मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु

नेपालखबर
भदौ २२, २०८१ शनिबार ८:२१, पश्चिम नवलपरासी

पश्चिम नवलपरासीमा १७ वर्षका किशोरले चलाएको मोटरसाइकको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ। 

गएराति बर्दघाट नगरपालिका- १३ जमुनियास्थित सडकमा जमुनियाबाट नारायणचोक तर्फ जाँदै गरेको लु ४ प ७६९१ नम्बरको मोटरसाइकलको ठक्करबाट स्थानीय ४७ वर्षीय सुरेश चौधरीको मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्मिका अनुसार मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका चौधरीको उपचारको क्रममा शनिबार बिहान भिम अस्पताल भैरहवामा मृत्यु भएको हो। 

दुर्घटनामा मोटरसाइकल चालक नवलपरासीको प्रतापुर गाउँपालिका २ गोपीगन्ज घर भएका १७ वर्षीय किशोर पनि घाइते भएका छन्। उनको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन।

उनको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .