ad ad

समाज


मेषले अर्काको आश गर्ने, वृषले प्रतिष्ठा पाउन लगानी गर्नुपर्ने, तपाईँको के हेर्नुस् २३ भदौको राशिफल

मेषले अर्काको आश गर्ने, वृषले प्रतिष्ठा पाउन लगानी गर्नुपर्ने, तपाईँको के हेर्नुस् २३ भदौको राशिफल

पण्डित नारायणप्रसाद दुलाल
भदौ २३, २०८१ आइतबार ४:३५, काठमाडौँ

आज आइतबार, २३ भदौ २०८१ (८ सेप्टेम्बर २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : एक अर्कासँग केही न केही आशा गरिरहनु हुनेछ। दाजुभाइ तथा साझेदारहरूसँग मिलेर गरिने पेसा व्यवसायबाट भनेजस्तो पैसा कमाउन सकिएला। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ७८, व्यापारमा ६२, सेयरबजारमा ७१, वैदेशिक कार्यमा ७३ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सजिलै अरुको विश्वास नगर्ने।

वृष : धार्मिक राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ। जोशजाँगर र हिम्मत बढ्नेछ। पारिवारिक प्रेम सम्बन्ध कसिलो हुनेछ। सट्टेबाजी र शेयर बजारमा गरेको लगानीले राम्रै प्रतिफल दिलाउनेछ।

भाग्यशाली रङ निलो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ५५, सेयरबजारमा ७६, वैदेशिक कार्यमा ६१ र शिक्षामा ५८ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ५९ र सम्पूर्ण भाग्याङ्क ७२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षारोपण गर्ने। उत्तर दिशा नजाने।  

मिथुन : लाभदायक यात्रा हुनेछ, तर स्वास्थ्यको भने ख्याल गर्नु पर्नेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। कहीँकतैबाट कुनै उपहार प्राप्त होला। वाहन वा भूमिबाट पनि लाभ रहला। 

भाग्यशाली रङ खैरो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ६८, सेयरबजारमा ५१, वैदेशिक कार्यमा ४९ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ५६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।  

कर्कट : नजिकका व्यक्तिबाट काममा बाधा आउला। सहकर्मीबाट विरोध आउला। विपक्षीको जालझेलबाट सावधान रहनुपर्नेछ। स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ। निर्णय कार्यान्वयन हुन सक्दैनन्। स्फूर्ति र उमङ्गको कमी हुनेछ।

भाग्यशाली रङ रातो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३३, सेयरबजारमा ४९, वैदेशिक कार्यमा ७५ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ४६, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुण खाने।भरिसक्के लामो यात्रा नगर्ने।  

सिंह : लामो समयदेखि रोकिएका कामहरू पुरा हुनेछन्। कुनै कुराले मनमा हर्ष, उमङ्ग र उत्साह व्याप्त हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। कसैलाई सापटी दिएको रकम फिर्ता पनि हुनसक्छ।

भाग्यशाली रङ आकाशे र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ६५, सेयरबजारमा ७२, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ५०, यात्राको योग ६८ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले  विष्णु भगवानलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। निलो रङको प्रयोग नगर्ने।  

कन्या : लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। भाग्यले विभिन्न अवसर जुराउनेछ। नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ। शुभ कार्यको चर्चा चल्नाले मनमा शान्ति छाउनेछ। शेयर बजारको लगानीबाट भने राम्रै लाभ हुनेछ।

भाग्यशाली रङ सेतो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ७३, व्यापारमा ५९, सेयरबजारमा ७५, वैदेशिक कार्यमा ४१ र शिक्षामा ८० प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। तामसीक भोजन नगर्ने।  

तुला : पारिवारिक सद्भाव बढ्नेछ। प्रविधि मार्फत दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ। महत्त्वपूर्ण कामको थालनी हुनेछ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। प्रेम जीवन सामान्य नै रहनेछ।

भाग्यशाली रङ सेतो र अङ्क ६८ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६५, सेयरबजारमा ७०, वैदेशिक कार्यमा ७५ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ७१ र सम्पूर्ण भाग्याङ्क ८० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। खैरो रङको प्रयोग नगर्ने। 

वृश्चिक : आँटेको काममा ढिलासुस्ती हुनसक्छ। सहकर्मीबाट विरोध आउला। पुँजी बजारमा नोक्सानी हुनसक्छ। लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला। परिवारभित्र मनमुटाव बढ्ने सङ्केत छ।

भाग्यशाली रङ हरियो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ७५, सेयरबजारमा ६६, वैदेशिक कार्यमा ५२ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ६४, यात्राको योग ६९ र सम्पूर्ण भाग्याङ्क ४७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। कालो रङको प्रयोग नगर्ने।   

धनु : सांस्कृतिक क्षेत्रमा रुचि बढ्ने र धार्मिक कार्यमा सहभागी भइनेछ। प्रेमीको सहयोग पाइनेछ। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ तर साँझमा झन्झटिलो कार्यमा समय खेरा जानसक्छ।

भाग्यशाली रङ पर्पल र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ६८, सेयरबजारमा ६८, वैदेशिक कार्यमा ५६ र शिक्षामा ५८ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ७९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। छल कपट नगर्ने।    

मकर : बन्धु बान्धवबाट सहयोग मिल्नेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। नयाँ वस्त्र या उपहार पाइनेछ। रमणीय र सुखद् यात्राको योग छ। आर्थिक तथा सेयर कारोबारमा पनि राम्रै लाभ हुनेछ तर निर्णायक क्षमतामा कमी आउनेछ। 

भाग्यशाली रङ खैरो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ४७, व्यापारमा ४६, सेयरबजारमा ३९, वैदेशिक कार्यमा ६१ र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। छल कपट नगर्ने।

कुम्भ : सोचेको आँटेको काममा फाइदा मिल्नेछ। घरमा अतिथिको आगमन हुनेछ। धैर्य गरी मिहिनेत गरेमा कार्यसिद्धि हुनसक्छ। चलाखी पूर्ण बोलीले काम बन्न सक्छ । दिनको मध्यमा शैक्षिक क्षेत्रमा प्रगति नै होला।

भाग्यशाली रङ रातो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ७१, सेयरबजारमा ७०, वैदेशिक कार्यमा ५१ र शिक्षामा ७३ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ५३, यात्राको योग ७५ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने।सजिलै अरुको विश्वास नगर्ने।   

मीन : दिन माध्यम खालको नै रहनेछ। विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ। बोलीको विपरीत अर्थ लाग्न सक्छ, तर धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ। प्रणय सम्बन्ध सामान्य नै रहने देखिन्छ।

भाग्यशाली रङ पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ६२, सेयरबजारमा ८०, वैदेशिक कार्यमा ६३ र शिक्षामा ७३ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ५८, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ७४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीहरूलाई खानेकुरा दिने। झुट नबोल्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .