ललितपुरको कुपण्डोलमा शनिबार दिउँसो सडक भासिएको छ। सडक भासिएर पानी बगेपछि त्यहाँ अहिले मर्मतको काम भइरहेको छ।
कुपण्डोलबाट पुल्चोतर्फ जाँदा होटल हिमालय अगाडिको सडकमा शनिबार दिउँसो भासिएर पानी बगेको थियो।
सडकबाट पानी निस्कदा गाडी तथा मोटरसाइकल चालक र सर्वसाधारणलाई हिँडडुलमा समस्या भएको थियो।
उक्त पानी मेलम्चि आयोजनाको पाइप फुटेर बगेको हुनसक्ने स्थानीयको अनुमान छ। केहीबेर अस्तव्यस्त बनेको सडक अहिले सामान्य बनाएर मर्मतको काम भइरहेको छ।
थप तस्बिरहरूः
2.9k
Shares
प्रतिक्रिया