ad ad

राजनीति


‘काबुबाहिरको परिस्थिति’ भन्दै प्रस्तावित राजदूत भट्टराईले गराए प्रमाणपत्र बुझाउन नसक्ने जानकारी

‘काबुबाहिरको परिस्थिति’ भन्दै प्रस्तावित राजदूत भट्टराईले गराए प्रमाणपत्र बुझाउन नसक्ने जानकारी

नेपालखबर
असोज ८, २०८१ मंगलबार १४:३७, काठमाडौँ

श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईले राजदूतका लागि चाहिने स्नातक तहको शैक्षिक प्रमाणपत्र हाललाई बुझाउन नसक्ने जानकारी संसदीय सुनुवाइ समितिलाई गराएका छन्।

स्रोतका अनुसार उनले ‘काबु बाहिरको परिस्थिति आएका कारण’ आफूले प्रमाणपत्र बुझाउन नसक्ने भन्दै समितिलाई जानकारी गराएका हुन्।

प्रस्तावित १७ राजदूतमध्य १६ जनाको नाम ३ असोजमा समितिबाट अनुमोदन भएको थियो। तर, भट्टराईको शैक्षिक योग्यताको प्रमाण पत्र नभेटिएपछि उनीबारेको निर्णयलाई थाती राखिएको थियो। 

भट्टराईबारे अन्तिम निर्णय लिन सोमबार बैठक बोलाइएको भए पनि कोरम नपुगेका कारण समितिको बैठक स्थगित भएको थियो। 

समितिको बैठक आज (मंगलबार) बिहान ९ बजे पनि बोलाइएको थियो। उनले कागजात नबुझाएकै कारण दिउँसो ३ बजेसम्मलाई सारिएको छ। समितिले पटक–पटक प्रमाणपत्र बुझाउने मौका दिँदा पनि भट्टराईले बुझाउन भने सकेनन्।

कागजात नबुझाएकोबारे भट्टराईसँग जिज्ञासा राख्दा उनले ३ बजेको समिति बैठकपछि थाहा भइहाल्ने जवाफ दिए। ‘तपाईँको कागजात पुगेन भन्ने कुरा आएको छ, किन नबुझाउनु भएको हो?,’ भन्ने प्रश्नमा उनले भने, ‘३ बजेको समाचार हेर्नुहोस्, थाहा पाइहाल्नुहुन्छ।’

उनले आफ्नो शिक्षक योग्यताबारे भने थप खुल्न चाहेनन्। भट्टराई नेपाली कांग्रेसको कोटाबाट राजदूत सिफारिस भएका थिए। पहिले राप्रपामा रहेका उनी सुनील थापासँगै कांग्रेसमा मिसिएका थिए। 

थापाकै आग्रहमा उनलाई कांग्रेसले राजदूतका रूपमा अघि सारेको थियो। उनी पञ्चायतकालमा विराटनगरका प्रधानपञ्चसमेत बनेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .