ad ad

समाज


काठमाडौँ उपत्यकामा बाढी-पहिरो: २३ जनाको मृत्यु, ९१८ जनाको उद्धार

१२ सय ४४ घर डुबानमा
काठमाडौँ उपत्यकामा बाढी-पहिरो: २३ जनाको मृत्यु, ९१८ जनाको उद्धार

थापाथली पुलबाट देखिएकाे बागमती नदीकाे दृश्य


नेपालखबर
असोज १२, २०८१ शनिबार १३:४७, काठमाडौँ

काठमाडौँ उपत्यकामा बाढीपहिरोमा परेर गएरातिदेखि अहिलेसम्म २३ जनाको मृत्यु भएको छ। 

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी विनोद घिमिरेका अनुसार काठमाडौँमा १०, ललितपुरमा ९ र भक्तपुरमा ५ जना गरी २३ जनाको मृत्यु भएको हो।

‘तीन जिल्लामा बाढी पहिरोमा परेर एकजना बेपत्ता छन्,’ एसएसपी घिमिरेले नेपालखबरसँग भने, ‘तीन जिल्लाबाट अहिलेसम्म नौ सय १८ जनाको उद्धार गरिएको छ।’

बढी पहिरोमा परेर काठमाडौँमा १० र भक्तपुरमा एक जना घाइते भएका छन्। 

त्यसैगरी काठमाडौँमा चार र भक्तपुरमा एउटा घर पहिरोले बगाएको छ। अहिलेसम्म उपत्यकामा १२ सय ४४ घर डुबानमा परेका छन्। काठमाडौँ, ललितपुर र भक्तपुरका हजारौँ घरमा पानी पसेको छ। 

कठमाडौँ उपत्यकामा बाढीपीडितको उद्धारमा नेपाल प्रहरीका चार हजार पाँच सय १० जना खटिएका एसएसपी घिमिरेले जानकारी दिए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .