ad ad

समाज


आइतबार बेलुकीबाट वर्षा हुने क्रम ह्वात्तै घट्ने आकलन

आइतबार बेलुकीबाट वर्षा हुने क्रम ह्वात्तै घट्ने आकलन

शनिबार साँझपख घाम लागेपछि काठमाडौँ। तस्बिर : सरोज बैजु


नेपालखबर
असोज १२, २०८१ शनिबार २२:२३, काठमाडौँ

आइतबार (असोज १३ गते) बेलुकीबाट वर्षा हुने क्रम ह्वात्तै घट्ने अनुमान जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले गरेको छ। 

महाशाखाका अनुसार भोलि दिउँसोदेखि वर्षाको मात्रा कम हुँदै जाने र बेलुका निकै घट्ने सम्भावना छ। 

महाशाखाले भनेको छः आइतबार दिउँसो कोसी, मधेस, बागमती, गण्डकी, लुम्बिनी  प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मात्र मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ।

आइतबार रातिबाट भने वर्षा निकै कम भएर जाने आकलन मौसम महाशाखाले गरेको छ। 

महाशाखाले बुलेटिनमा भनेको छ– आइतबार राति कोसी, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। 

यस्तै सोमबार दिउँसो सबै प्रदेशका तर एक/दुई स्थानमा मात्र मेघगर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार सोमबार राति कोसी, बागमती र गण्डकी  प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .