ad ad

समाज


सर्लाहीमा सोती खोलाले बगाएर बालक बेपत्ता

सर्लाहीमा सोती खोलाले बगाएर बालक बेपत्ता

नेपालखबर
असोज १२, २०८१ शनिबार २२:३०, बरहथवा (सर्लाही)

सर्लाहीको बागमती नगरपालिकास्थित सक्रौल टोलमा सोती खोलाले बगाएर एक बालक बेपत्ता भएका छन्।

बेपत्ता हुनेमा वडा नं ९ सक्रौल टोलका सोगारथ महतोका छोरा १५ वर्षीय मुकेश महतो रहेका प्रहरीले जनाएको छ।

आज साँझ अविरल वर्षासँगै आएको भेल तर्ने क्रममा बालक बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक दीपक श्रेष्ठले जानकारी दिए।

घटनालगतै प्रहरी र स्थानीयले बालकको खोजी गरे पनि फेला पार्न नसकेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .