कोरोना संक्रमणबाट नेपालमा ५ महिलासहित थप ८ जनाको मृत्यु भएको छ।
बिहीबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले देशभरमा संक्रमणबाट ५ महिला र ३ पुरुष गरी ८ जनाको मृत्यु भएको बताए।
मृत्यु हुनेमा ललितपुरकी ६५, बाराकी २३, कास्कीकी ३२, रुपन्देहीकी ७० र बाँकेकी ७० वर्षीया महिला रहेको प्रवक्ता गौतमले जानकारी दिए।
त्यस्तै काठमाडौँ ४८, पर्साका ६२ र कपिलवस्तुका ५० वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८३ पुगेको छ।
प्रतिक्रिया