ad ad

कला


सुशान्तकी गर्लफ्रेन्डले खोलिन् मुख, भन्छिन्: म सुशान्तको पैसामा बाँचेकी थिइनँ

सुशान्तकी गर्लफ्रेन्डले खोलिन् मुख, भन्छिन्: म सुशान्तको पैसामा बाँचेकी थिइनँ

नेपालखबर
भदौ ११, २०७७ बिहिबार १०:४६,

भारतीय अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरणमा उनकी गर्लफेन्ड रिया चक्रवतीले आफूमाथि लागेका धेरै आरोपको जवाफ दिएकी छिन।

भारतीय टेलिभिजन च्यानल आजतकलाई दिएको एक अन्तर्वार्ताका क्रममा रियाले आफू सुशान्तको पैसामा नबाँचेको उल्लेख गरेकी छिन।

सुशान्तको आत्महत्यापछि उनको परिवार, मिडिया तथा सामाजिक सञ्जालमा रियामाथि विभिन्न आरोपहरु लगाइएका थिए।

२०१९ को अक्टोबरमा सुशान्त र रियाको यूरोप टूरका बारेमा विभिन्न प्रश्नहरु उठेका छन् भने रियामाथि सुशान्तको पैसा प्रयोग गरेको आरोप पनि लागेको थियो।

गत जुन १४ मा मुम्बईको बान्ड्रास्थित आफ्नै अपार्टमेन्टमा सुशान्त झुण्डिएको अवस्थामा भेटिएका थिए। रियाले यूरोप भ्रमणका क्रममा सुशान्तको बिरामीको बारेमा थाहा पाएको उल्लेख गरेकी छिन।

Sushant Singh Rajput Death Anniversary: Rumoured GF Rhea Chakraborty Shares  Heartfelt Note, Says 'You Made Me Believe in Love' | India.com

यूरोप यात्राका क्रममा सुशान्तले हवाई यात्रामा डर लाग्ने गरेको बताएको उनको दाबी छ। त्यसका लागि उनले एक औषधि पनि लिने गर्थे।

यूरोप टुरमा सुशान्त तीनदिन सम्म कोठाबाट बाहिर ननिस्किएको उनले बताएकी छिन। रियाले स्विट्जरल्याण्डमा खुशी र फुर्तिलो भएपनि इटालीमा भने उनी पुनः पूरानै व्यवहारमा फर्किएको रियाको भनाई छ।

इटालीमा सुशान्त र रिया एक होटलमा बसेका थिए। त्यही आफूले सोध्दा सुशान्तले डिप्रेसनबारे बताएको उनले अन्तर्वार्तामा भनेकी छिन।

‘सुशान्तले २०१३ मा आफूलाई डिप्रेसनको समस्या भएको बताएका थिए। त्यसबेला उनी एक मनोवैज्ञानिकसँग भेटेका थिए। उनले औषधि दिएपछि आफू ठिक भएको सुशान्तले बताएका थिए,’ रियाले भनेकी छिन, ‘पछिल्लो समय सुशान्त धेरै छटपटाहट र डिप्रेसन महसुस गर्दै थिए। त्यसैकारण हामीले टुर बीचमै छोडेर आयौं।’

Enough evidence to point finger at Rhea Chakraborty' - The Sunday Guardian  Live

यस टूरमा भएको खर्च र रियाका भाई शोविक चक्रवती पनि टूरमा गएको कुरालाई लिएर प्रश्न खडा भएका थिए।

उनको भाई र सुशान्तबीच राम्रो सम्बन्ध रहेको र सुशान्तले नै जोड दिएर शोविकलाई इटाली बोलाएको रियाले बताएकी छिन। त्यसबारेमा सुशान्तले पठाएको म्यासेज पनि शोविकसँग भएको उनले बताइन।

रियाले यूरोप टूर आफ्नो शुटिङको कामको कारण पाइएको तर पछि सुशान्तले त्यसलाई लामो बनाएको बताएकी छिन।

उनले भनेकी छिन, ‘पेरिसमा मेरो एउटा सुट थियो। मेरो त्यहाँको टिकट र होटल बुकिङ कम्पनीले गरेको थियो। तर, सुशान्तले त्यसैलाई यूरोप टूर बनाउँन चाहे। त्यसैले मेरो टिकट क्यान्सिल गर्दै हामी दुबैको टिकट काट्यौं। सबैतिर सुशान्तले नै खर्च ब्यहोरिरहेको थियो। निकै खर्च भएको भनि मैले चिन्ता व्यकत गरेकी थिएँ। तर, उनी त्यस्तै थिए, दिल खोलेर खर्च गर्थे।’

रियाका अनुसार सुशान्त यसअघि पनि ६ जना साथीहरुका साथ प्राइभेट जेट लिएर थाइल्याण्डको भ्रमणमा गईसकेका थिए। त्यसबेला उनले ७० लाख रुपैयाँ खर्च गरेका थिए।

सुशान्तको आत्महत्याका विषयमा हाल भारतको अनुसन्धान ब्युरोले जाँच गरिरहेको छ। त्यसक्रममा रियासँग समेत सोधपुछ गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .