समाज


कोरोना संक्रमणले वरिष्ठ साहित्यकार राजेन्द्र सुवेदीको निधन

कोरोना संक्रमणले वरिष्ठ साहित्यकार राजेन्द्र सुवेदीको निधन

नेपालखबर
जेठ ३, २०७८ सोमबार ४:२१,

कोरोना संक्रमणका कारण वरिष्ठ साहित्यकार राजेन्द्र सुवेदीको निधन भएको छ।

७६ वर्षीय उनको आज सोमबार बिहान निधन भएको हो।

केही दिनयता उनको उपचार सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा भेन्टिलेटरमा राखेर भइरहेको थियो। यसअघि ह्याम्स अस्पतालमा पनि उनको उपचार गरिएको थियो।

विसं. २००२ साउन १९ गते पाँचथरमा जन्मिएका सुवेदीका कविता, निबन्ध, प्रबन्ध समालोचना आदि गरी ३ दर्जन पुस्तक प्रकाशित छन्। त्रिभुवन विश्वविद्यिालयमा नेपाली विषयमा ३७ वर्ष प्राध्यापन गरेका सुवेदी केन्द्रीय नेपाली विभागका पूर्वप्रमुख, गोरखापत्र संस्थानका पूर्वअध्यक्ष तथा महाप्रबन्धक थिए।

नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव प्रा जगतप्रसाद उपाध्याय ‘प्रेक्षित’ले सुवेदीको निधनले साहित्यका क्षेत्रले ऊर्जाशील व्यक्तित्व गुमाएको र अपूरणीय क्षति भएको बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .