अहिले सामाजिक सञ्जालमा एउटा भिडिओ भाइरल भइरहेको छ, जहाँ पुरुष प्रहरीले एक महिलालाई छडी लगाइरहेका छन्।
कृष्ण घिमिरे नामका ट्विटर प्रयोगकर्ताले जुन १ तारिख अर्थात् यही जेठ १८ गते पोस्ट गरेको उक्त भिडिओ कहाँको भन्नेचाहिँ खुलाइएको छैन।
यसरी प्रहरीले त्यसमा पनि पुरुष प्रहरीले एक जना महिलालाई सार्वजनिक स्थानमा कुटपिट गर्नु गलत भएको भनेर सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ।
कमेन्टमा एमाले पोलिटब्युरो सदस्य डा. विजय पौडेलले लेखेका छन्, ‘यो प्रहरीलाई कारबाही गर।’
हेर्नुहोस्, त्यो भिडिओ तलको ट्विटरमा :
नेपाल प्रहरीले त सार्वजनिक ठाउँमा मान्छे कुटेको भिडियो मात्रै सार्वजनिक हुन्छ त, गल्ती भए पक्राउ गरेर लगे हुन्न र ? यस्तो शैलीले प्रहरी प्रतिको सम्मान बढ्ला र ? मिल्छ भने प्राचीन प्रचलन छाड्नुस् @NepalPoliceHQ pic.twitter.com/muw4kk6Yzb
— krishna Ghimire (@krishna03099867) May 31, 2021
प्रतिक्रिया