हुम्लाको खार्पुनाथ गाउँपालिका–३ कारङ्गा गाउँका सात परिवार पहिरोको उच्च जोखिम बढेसँगै बसाइँ सरेका छन्।
कारङ्गाका २० घरधुरीमध्ये सात परिवार पहिरो खस्ने डरले आफन्तको घरमा बसाइँ सरेका हुन्। गाउँमाथिको पहिरोबाट माटोे र ढुङ्गा खस्न थालेपछि उनीहरु बसाईं सरेका हुन्। पहिरोले एउटा घरको माथिल्लो तलामा क्षति पुगेपछि बसाइँ सरेको स्थानीय हस्तबहादुर शाहीले बताए।
गाउँको माथिपट्टिको भिरमा ठूलो ढुङ्गा छ। त्यो खस्ने भय स्थानीयलाई छ। पहिरोको जोखिम बढेपछि सात घरधुरी बसाइँ सरेका हुन्। भिरमा रहेको ठूलो ढुङ्गा आसपास क्षेत्रबाट ससाना ढुङ्गा खस्न शुरु भएको छ।
बस्तीमाथिको जमीन भासिँदै गएपछि कारङ्गा गाउँ पहिरोको उच्च जोखिममा परेको छ। लगातारको वर्षाले बस्तीभन्दा करिब १०० मिटरमाथि जमीन भासिएको छ।
प्रतिक्रिया