समाज


दुई महिनापछि सञ्चालनमा आए टुटल र पठाओ

दुई महिनापछि सञ्चालनमा आए टुटल र पठाओ

नेपालखबर
असार ९, २०७८ बुधबार ०:४७,

निषेधाज्ञा खुकुलो भएसँगै काठमाडौं उपत्यकामा टुटल र पठाओ सेवा सञ्चालनमा आएका छन्।

गएको वैशाख १६ गतेदेखि बन्द रहेका राइड सेयरिङ सेवा मंगलबारदेखि सञ्चालनमा आएका हुन्। उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयहरुले निषेधाज्ञा खुकुलो पार्दै निजी सवारीमा जोर–बिजोर प्रणाली लागू गरेपछि टुटल र पठाओ सञ्चालन सेवा पनि सञ्चालनमा आएका हुन्।

टुटल र पठाओ सेवा काठमाडौं उपत्यकामा लोकप्रिय छ। सेवा सञ्चालनमा आएसँगै यात्रुहरुलाई आवतजावतमा सहज भएको टुटलका संस्थापक शिक्षित भट्टले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .