समाज


इराकमा अकस्मात तापक्रम बढ्दा जनजीवन प्रभावित, धेरै प्रान्तमा ५१ डिग्रीसम्म पुग्यो

इराकमा अकस्मात तापक्रम बढ्दा जनजीवन प्रभावित, धेरै प्रान्तमा ५१ डिग्रीसम्म पुग्यो

नेपालखबर
असार १७, २०७८ बिहिबार ०:३०,

इराकमा तापक्रम बढ्दा जनजीवन प्रभावित भएको छ। इराकका मध्य तथा दक्षिण प्रान्तहरुमा अकस्मात तापक्रम बढेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

त्यहाँका मौसम विद्हरुले तापक्रम कम्तीमा पनि ५१ डिग्री सेल्सियस पुगेको बताएका छन्। जसका कारण ती प्रान्तहरुमा निकै नै तातो हावा चलेको छ। यसबाट नागरिकमा स्वास्थ्यका गम्भीर समस्याहरु देखिन थालेका छन्।

इराकको मौसम विभागले बुधबार प्रकाशन गरेको विज्ञप्तिमा देशको दक्षिणी क्षेत्रको बासरा, क्वादिसान र मुथाना प्रान्तमा तापक्रम बढेर ५१ डिग्री सेल्सियससम्म पुगेको छ।

राजधानी बगदादलगायतका अरु कैयौँ क्षेत्रको तापक्रम भने ५० डिग्री छ। यसरी देशव्यापी रुपमा तातो हावा चलेको छ । जसका कारण इराकको जनजीवन निकै नै प्रभावित भएको अधिकारीहरुले जानकारी दिएका छन्।

सरकारी निकायले नागरिकलाई अत्यावश्यक काम नपरेसम्म घरबाट बाहिर ननिस्किन र पर्याप्त मात्रामा झोल पदार्थको सेवन गर्न सार्वजनिक सूचना जारी गरेका छन्।

तातो हावाका कारण बालबालिकामा निकै असर पर्न सक्ने देखिएको छ । जसले गर्दा देशका अधिकांश भूभागका विद्यालयहरु बन्द गरिएको छ भने देशव्यापी रुपमा नै विदा दिने तयारी भइरहेको छ।

तातो हावाको असरबाट बच्न र नागरिकलाई आवश्यक सहयोग गर्न सरकारले विभिन्न कार्यक्रमहरु ल्याउने जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .