समाज


मकवानपुरगढीमा अटो पल्टिँदा चालकको मृत्यु

मकवानपुरगढीमा अटो पल्टिँदा चालकको मृत्यु

नेपालखबर
फागुन ९, २०८० बुधबार १२:७, हेटौँडा

मकवानपुरमा अटो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। 

जिल्लाको मकवानपुरगढी गाउँपालिका- ४ ज्वालादेविमा आज बिहान ना २ ह ५२६८ नम्बरको अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो। 

मृत्यु हुनेमा अटो चालक सोही ठाउँका अन्दाजी ३५ वर्षीय सुमन भन्ने देवी बहादुर घिमिरे रहेका प्रहरीले जनाउको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार धादिङबजारबाट ज्वालादेवितर्फ आउँदै गरेको ना २ ह ५२६८ नम्बरको अटो अनियन्त्रित भएर बिहान सवा ६ बजे दुर्घटना भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका घिमिरेलाई उद्धार गरी उपचारका लागि हेटौँडा अस्पतालमा लगिएको थियो। अस्पताल पुर्याउनासाथ उनलाई डाक्टरले मृत घोषणा गरेका प्रहरीले जनाएको छ।

घिमिरेको शव हेटौँडा अस्पतालमै राखिएको छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .