ad ad

समाज


घरमा खैरो हेरोइन राखेर कारोबार गरेको आरोपमा काभ्रेबाट एकजना पक्राउ

घरमा खैरो हेरोइन राखेर कारोबार गरेको आरोपमा काभ्रेबाट एकजना पक्राउ

फाइल तस्बिर


नेपालखबर
चैत १, २०८० बिहिबार ६:१०, काठमाडौँ

लागूऔषधको कारोबार गरेको आरोपमा प्रहरीले काभ्रेबाट एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पनौती नगरपालिका- ५ नैकिङटार घर भएका ४१ वर्षीय नकुल तिमल्सिना रहेका जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

खैरो हेरोइन जस्तो देखिने पदार्थसहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार उनको साथबाट खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ ३८ ग्राम, डिजिटल तराजु १ थान, नगद ३० हजार, २ थान मोवाइल र नागरिकताको प्रमाणपत्रसमेत बरामद गरिएको छ। 

केही दिनअघि प्रहरीको लागूऔषध ब्यूरोले लागूऔषध खैरो हेरोइनसहित पक्राउ परेका मनोज जोसिसँग सोधपुछका क्रममा आफूले तिमिल्सिनासँग खैरो हेरोइन खरिद गरेको बयान दिएपछि प्रहरीले बुधबार तिमल्सिनाको घरमा खानतलासी लिएको थियो। 

लागूऔषध ब्यूरोबाट खटिएको प्रहरी टोली, जिल्ला प्रहरी कार्यालय काभ्रे र इलाका प्रहरी कार्यालय बनेपाबाट संयुक्तरूपमा खटिएको  प्रहरीले तिमल्सिनालाई पक्राउ गरेको हो। 

उनलाई इलाका प्रहरी कार्यालय बनेपामा राखेर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .