ad ad

समाज


काभ्रेमा जंगलको डढेलो घरमा सल्किँदा २३ वटा खसी-बाख्रा मरे

काभ्रेमा जंगलको डढेलो घरमा सल्किँदा २३ वटा खसी-बाख्रा मरे

फाइल तस्बिर


नेपालखबर
चैत २७, २०८० मंगलबार ६:५५, काभ्रे

काभ्रेमा जंगलमा लागेको डढेलो नजिकैको घर गोठमा सल्किँदा २३ वटा खसी बाख्रा मरेका छन्। दुईवटा घर र गोठ पनि आगोले नष्ट भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। 

सोमबार साँझ रोशी गाउँपालिका- ४ डाँडागाउँस्थित पिप्सेगैरा सामुदायिक वनमा लागेको डढेलो स्थानीय कुलबहादुर इस्माली मगरको घर र गोठमा सल्किएको हो। 

आगलागीबाट मगरको ढुंगा माटो र जस्ताले छाएको २ तले कच्चि घर र सँगै रहेको बाख्रा बाध्ने गोठमासमेत नष्ट भएको छ।

आगलागीबाट खोरमा बाँधिएका २३ वटा खसी, बाख्रा र एउटा  बंगुरसमेत जलेर मरेको प्रहरीले जनाएको छ।

घरमा राखिएको अन्नपात, लत्ताकपडा, भाँडाबर्तन, २ तोला बाराबर सुनको गहना र बाक्सामा राखिएको नगद ५५ हजार समेत आगगालीले नष्ट भएको मगरले बताए।

आगलागीबाट मगर परिवारको लाखौँको क्षति भएको अनुमान छ। भएभरको सबै सम्पत्ति आगलागीबाट खरानी भएपछि मगर परिवारको बिचल्ली भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .