ad ad

समाज


भक्तपुरमा १ सातादेखि युवतीको डेरामा बस्दै आएका २६ वर्षीय युवक मृत भेटिए

भक्तपुरमा १ सातादेखि युवतीको डेरामा बस्दै आएका २६ वर्षीय युवक मृत भेटिए

नेपालखबर
बैशाख १, २०८१ शनिबार १४:५, काठमाडौँ

भक्तपुरको मध्यपुर ठिमीमा सुतेकै ठाउँमा एक युवक मृत फेला परेका छन्।

मध्यपुर ठिमी नगरपालिका- ९ निकोसेरास्थित श्रीराम धौबन्जराको घरमा डेरा गरी बस्दै आएकी डडेलधुराको अमरगढी नगरपालिका- १ की २१ वर्षीया कल्पना ऐरको घेरामा २६ वर्षका युवक मृत फेला परेका हुन्।

मृतक युवक कैलालीको गोदावरी नगरपालिका वडा नम्बर- २ घर भएका २६ वर्षीय विनोद दियाल रहेका जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक राजन कार्कीले जानकारी दिए। 

‘बिहीबार राति खाना खाएर सुतेका युवक शुक्रबार बिहान सुतेकै ठाउँमा अचेत फेला परेको सूचना हामीलाई आएको थियो,’ डीएसपी कार्कीले नेपालखबरसँग भने, ‘शुक्रबार बिहान ६ बजे मध्यपुर ठिमी अस्ताल लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको हो।’

डेरावाल युवती र ती युवकबीचको नाता सम्बन्ध नखुलेको डीएसपी कार्कीले बताए। 

‘ती युवतीले युवकलाई आफ्नो साथी बताएकी छन्,’ कार्कीले भने, ‘युवकको मृत्युको कारण खुलेको छैन। शव पोष्टमार्टमको लागि केएमसी अस्पताल दुवाकोटमा राखिएको छ।’

प्रहरीका अनुसार डेरावाल युवती कलेज पढ्दै गरेकी विद्यार्थी हुन्। चारतले घरको दोस्रो तलामा उनी डेरागरी बस्थिन। ती युवक गएको एक सातादेखि युवतीसँगै बस्दै आएका प्रहरीले जनाएको छ। 

घटनाका सम्बन्धमा प्रहरी वृत्त ठिमीले अनुसन्धान गरिरहेको डीएसपी कार्कीले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .