ad ad

समाज


चितवन राष्ट्रिय निकुञ्जमा गैंडाले आक्रमण गर्दा ‘नेचर गाइड’को मृत्यु

चितवन राष्ट्रिय निकुञ्जमा गैंडाले आक्रमण गर्दा ‘नेचर गाइड’को मृत्यु

फाइल तस्बिर


नेपालखबर
बैशाख २, २०८१ आइतबार ५:४३, चितवन

चितवन राष्ट्रिय निकुञ्जमा गैंडाले आक्रमण गर्दा पटर्यटक घुमाउन गएका  ‘नेचर गाइड’को मृत्यु भएको छ।

शनिबार बिहान चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रको मध्यवर्ती वनमा पर्यटक घुमाउन गएका युवकको गैंडाले आक्रमण गर्दा मृत्यु भएको हो। 

निकुञ्ज प्रशासनका अनुसार ज्यान गुमाउनेमा गोरखाको आरुघाट गाउँपालिका-८ पोखरी घर भई हाल रत्ननगर नगरपालिका-६ सौराहा बस्ने ३२ वर्षीय सुवास रेग्मी छन्।


गैंडाको आक्रमणबाट गम्भीर घाइते रेग्मीको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए।

रेग्मीले निकुञ्ज घुमाउन लगेका पर्यटकले भने भागेर ज्या जोगाएका छन्। गैँडाले आक्रमण गर्न थालेपछि भागेका रेग्मीको शव घटनास्थलबाट केही पर फेला परेको हो। 

निकुञ्ज प्रशासनले पर्यटकलाई वन्यजन्तु देखाउने गाइड नै वन्यजत्नुको आक्रमणमा पर्ने घटना बिरलै हुने गरेको जनाएको छ। मृतक युवकको शव भरतपुर अस्पतालमा परीक्षण गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .