ad ad

समाज


न्युरोडमा वडा नम्बर २४ को फुटपाथ विस्तारको काम नरोक्ने सहमति

न्युरोडमा वडा नम्बर २४ को फुटपाथ विस्तारको काम नरोक्ने सहमति

नेपालखबर
साउन ७, २०८१ सोमबार १८:२, काठमाडौँ

काठमाडौँ महानगरपालिकाको न्युरोडस्थित वडा नम्बर २४ को फुटपाथ विस्तारको काम नरोकिने भएको छ। सोमबार मेयर बालेन्द्र शाह (बालेन) को कार्यकक्षमा स्थानीय र जनप्रतिनिधिबीच भएको छलफलमा यस्तो सहमति भएको हो। 

वडा नम्बर २४ बाहेकमा पर्ने अन्य क्षेत्रको काम भने मंसिर २ गतेसम्मका लागि रोक्ने र कार्यदल बनाएर प्रतिवेदन पेस गर्ने सहमति भएको छ। 

छलफलमा मेयर बालेनसहित, उपमेयर सुनिता डंगोल, वडा नम्बर २२ का अध्यक्ष चिनीकाजी महर्जन र वडा नम्बर २३ का अध्यक्ष मचाराजा महर्जन लगायत सहभागी थिए।

‘वडा नम्बर २४ को पेटी विस्तारको काम सम्पन्न गराउने। पेटी बढाएर बाटो साँघुरो पार्दा त्यसले पार्ने असरहरूको विषयमा अध्ययन गरिने सहमति भएको छ,’ वडा नम्बर २३ का अध्यक्ष मचाराजा महर्जनले जानकारी दिए। 

छलफलमा मेयर बालेनसहित, उपमेयर सुनिता डंगोल, वडा नम्बर २२ का अध्यक्ष चिनीकाजी महर्जन र वडा नम्बर २३ का अध्यक्ष महर्जन लगायत सहभागी थिए।

महानगरले न्युरोडको सडक विस्तारको काम अघि बढाएपछि जनप्रतिनिधिसहित स्थानीयहरू आन्दोलनमा उत्रिएका थिए। 

वडा नम्बर २२ का अध्यक्ष महर्जनले टेबुल र कुर्सी नै न्युरोडमा राखेर कार्यालयको काम गर्न थालेपछि महानगरले काम रोकेको थियो। 

महानगरले निर्णय नसच्याएसम्म आफूहरूको आन्दोलन कायम रहने वडाध्यक्ष र स्थानीयको चेतावनीपछि सोमबार मेयर शाहको कार्यकक्षमा छलफल भएको हो। 

त्यस्तै, समितिमा सीपीसीका उपाध्यक्ष सुमनराज भण्डारी, निर्माण विभागका प्रमुख सुरज शाक्य वडा नम्बर २२, २३ र २४ का वडाअध्यक्ष सदस्य रहने बताइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .