ad ad

समाज


बिहीबार सेती नदीमा पानीको बहाव बढ्ने, सचेत रहन प्रहरीको आग्रह

बिहीबार सेती नदीमा पानीको बहाव बढ्ने, सचेत रहन प्रहरीको आग्रह

फाइल तस्बिर


नेपालखबर
फागुन १६, २०८० बुधबार १४:२७, पाेखरा

जिल्ला प्रहरी कार्यालय कास्कीले बिहीबार सेती नदीमा पानीको बहाव बढ्न सक्ने भएकाले स्थानीयवासीलाई सचेत गराएको छ। 

यही फागुन १३ गते माछा मार्ने क्रममा बेपत्ता भएका पोखरा महानगरपालिका १ सिम्पानीका सार्की लामा तामाङलाई खोजी गर्ने क्रममा सेतीको ड्याम खोल्न लागिएकाले पानीको बहाव बढ्ने जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। 

बुधबार सूचना जारी गर्दै कास्की प्रहरीले बिहीबार बिहान ८ बजेदेखि दिउँसो १२ बजेसम्म पोखरा १६ दीपस्थित ड्याम खोली सेती नदीमा पानीको बहाव पढाई बेपत्ता खोजी गर्न लागिएको जनाएको छ। 

त्यस समयमा नदी वरपर काम र आवत जावत नगर्न पनि प्रहरीले अनुरोध गरेको छ। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .