समाज


तनहुँमा वैदेशिक रोजगारीबाट फर्किएपछि पत्नीको हत्या

तनहुँमा वैदेशिक रोजगारीबाट फर्किएपछि पत्नीको हत्या

नेपालखबर
चैत २५, २०८० आइतबार ९:२९, काठमाडौँ

तनहुँमा एक व्यक्तिले आफ्नी पत्नीको हत्या गरेका छन्। व्यास नगरपालिका- ५ साँगेका ४० वर्षीय जितबहादुर कुमालले आफ्नी पत्नी ३६ वर्षीया सुनमाया कुमालको हत्या गरेका हुन्।

हत्यामा संलग्न जितबहादुरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपकुमार रायले जानकारी दिए। 

‘शनिबार साँझ घर नजिकै बारीमा उनले धारिलो हतियार (दाउ) प्रहार गरी पत्नीको हत्या गरेको हाम्रो प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ डीएसपी रायले नेपालखबरसँग भने, ‘शव पोष्टमार्टमका लागि दमौली अस्पतालमा राखिएको छ।’

घरायसी विवादमा उनले पत्नीको हत्या गरेको अनुमान प्रहरीले गरेको छ। 

‘जितबहादुर तीन/चार दिनअघि मात्रै वैदेशिक रोजगारी (भारत)बाट फर्किएको स्थानीयले बताएका छन्,’ डीएसपी रायले भने, ‘पति-पत्नीबीचको विवादको कारण खुलेको छैन। हामी थप अनुसन्धान गरिरहेका छौँ।’  

कुमाल दम्पतीका एक छोरा र एक छोरी छन्। आमाको मृत्यु र बाबु पक्राउ परेपछि उनीहरुको बिचल्ली भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .