नेपालबाट क्यानडा पढ्न पुगेका केही विद्यार्थीमा गम्भीर मानसिक समस्या देखिएको त्यहाँका नेपालीले बताएका छन्।
क्यानडावासी नेपालीका अनुसार त्यहाँ नेपाली विद्यार्थी महिनौँसम्म काम नपाउने, कलेजले बीचमा शुल्क बढाउने, महँगो कोठाभाडा र दुई छाक खानसमेत धौधौ पर्ने समस्यासँग जुधिरहेका हुन्।
क्यानडवासी नेपाली पत्रकार अनिल थापाले सामाजिक सञ्जालमार्फत सकेसम्म यो वर्ष (सन् २०२४ मा) आफ्ना सन्तानलाई विदेश नपठाउन नेपालका अभिभावकलाई आग्रह गरेका छन्।
उनी लेख्छन्, ‘सकेसम्म सन् २०२४ मा विदेश पढ्न नजान अभिभावकले सुझाऊँ। यो वर्ष अलि जटिल छ।’
444
Shares
प्रतिक्रिया