समाज


सुतिरहेकी वृद्धालाई हतियार प्रहार गरेर भागेका २ किशोर पक्राउ

सुतिरहेकी वृद्धालाई हतियार प्रहार गरेर भागेका २ किशोर पक्राउ

नेपालखबर
माघ २४, २०८० बुधबार १२:५९, सुर्खेत

दैलेखमा पसलमा सुतिरहेकी वृद्धामाथि धारिलो हतियार प्रहार गर्ने दुई जना किशोरलाई प्रहरीले पक्राउ गरेको छ। ती किशोरलाई जिल्ला प्रहरी कार्यालय दैलेखले पक्राउ गरेको हो। 

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार पक्राउ पर्नेमा १४ र १५ वर्षका दुई किशोर छन्। नावालिग भएकाले उनीहरुको पहिचान भने गोप्य राखिएको छ। 

प्रहरी कार्यालय दैलेखका डिएसपी किशोर लम्सालले माघ १९ गते राति महावु गाउँपालिका–१, दवडा स्थित आफ्नै घरमा खुद्रा पसल गर्ने ७५ वर्षीय मिनादेवी शर्मा आफ्नै पसलमा सुतिरहेको समयमा हतियार प्रहार भएको थियो। उनलाई हतियार प्रहार गरेको आरोपमा सोमबार प्रहरीले दुई किशोरलाई नियन्त्रणमा लिएको हो। 

 ‘घटना माघ १९ गते भएको थियो। घटनाको बारे प्रहरीलाई जानकारी भएपछि प्रहरी घटनास्थल पुगेर अनुसन्धान गर्दा हतियार प्रहार गर्ने किशोरहरु भागेका थिए। उनीहरुलाई सोमबार बर्दियाको ठाकुरबाबा नगरपालिका–३ स्थित लालेचोक भन्ने स्थानमा लुकीछिपि बसेको समयमा प्रहरीले नियन्त्रणमा लिएको हो।’

उनीहरुले  वृद्धालाई धारिलो हतियार खुर्पा हँसिया, बियरको बोतल र काठको गरालोले टाउको, ढाड, छाती, हात खुट्टा तथा अनुहारमा प्रहार गरी गम्भीर घाइते बनाएका थिए। 

प्रहरीका अनुसार घाइतेलाई तत्काल जिल्ला अस्पताल दैलेखमा पठाई सामान्य उपचार पश्चात् थप उपचारको लागि कर्णाली प्रदेश अस्पताल वीरेन्द्रनगर लगिएको छ। उनका आइसियुमा उपचार भइरहेको छ। 

ती किशोरलाई ज्यान मार्ने उद्योग मुद्दामा जिल्ला अदालत दैलेखबाट पहिलो पटक पाँच दिनको म्याद थप भएको छ। उनीहरुलाई बाल निगरानी कक्षमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .