कालिकोटमा सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ। पलाँता गाउँपालिका–६ उखाडीकी ३५ वर्षीया रिउली रोकायाको बुधबार हेलिकप्टर मार्फत् उद्धार गरिएको हो।
मङ्गलबारदेखि सुत्केरी व्यथाले च्यापेकी रिउलीलाई आफन्तले पलाँता गाउँपालिकास्थित नेटा स्वास्थ्य चौकी पुर्याएका थिए।
त्यहाँ सुत्केरी हुन नसक्दा उनलाई हेलिकप्टरबाट कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको पालिकाका स्वास्थ्य संयोजक धनप्रसाद न्यौपाने जानकारी दिए। रिउलीले सुर्खेतमा छोरालाई जन्म दिएकी छन्।
सुत्केरी रिउलीको नेटामा उपचार सम्भव नभएको खबर पाएपछि प्रमुख जिल्ला अधिकारीमार्फत हेलिकप्टर मगाएर सुर्खेत पठाएको पलाँता गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर रोकायाले बताए। रासस
48
Shares
प्रतिक्रिया