समाज


हङकङमा कमाइ गर्ने युवाले गाउँलेलाई दिए एम्बुलेन्स सेवा

हङकङमा कमाइ गर्ने युवाले गाउँलेलाई दिए एम्बुलेन्स सेवा

फाइल तस्बिर


नेपालखबर
फागुन ५, २०८० शनिबार ८:१३, मोरङ

रोजगारीका लागि हङकङ पुगेका मोरङको उर्लाबारीका युवाले आफू हुर्केको गाउँका बासिन्दालाई निःशुल्क सेवा दिन एम्बुलेन्स उपलब्ध गराएका छन्। 

रोजगारीका लागि हङकङ पुगेका उर्लाबारीका ९४ युवाले एम्बुलेन्स खरिदका लागि उर्लाबारी नगरपालिका हङकङ परिवारका नाममा रु २५ लाख ५० उपलब्ध गराएका थिए । सो रकमले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिएको छ।

उक्त एम्बुलेन्स उर्लाबारी नगरपालिका–९ स्थित राजघाट उपस्वास्थ्य चौकी मातहतमा सञ्चालन गरिएको छ। कार्यविधि बनाएर वडाका विपन्न परिवारलाई परिचयपत्र वितरण गरेर निःशुल्क तथा अन्यलाई २० प्रतिशत छुटमा एम्बुलेन्स सेवा उपलब्ध गर्ने तयारी गरिएको वडाध्यक्ष नरवहादुर मोक्तानले जानकारी दिए। 

विपन्न परिवारलाई निःशुल्क एम्बुलेन्स सेवा दिँदा नगरपालिकाले इन्धनको प्रबन्ध गर्ने गरिएको छ।

एम्बुलेन्स खरिदका लागि हङकङमा रहेका याम सेम्बु एक्लैले रु पाँच लाख ३० हजार उपलब्ध गराएका थिए। उनीसहित साङगेहाङ तुम्बाहाम्फेको सक्रियतामा उक्त रकम सङ्कलन भएको हो। 

स्थानीय मीना खवासले वडामा एम्बुलेन्स सञ्चालनमा आएकामा खुसी व्यक्त गरे। ‘आपत्कालीन अवस्थामा भनेको बेला एम्बुलेन्स पाउन सकिँदैन, आफ्नै वडामा एम्बुलेन्स भएपछि राहत मिलेको छ,’ उनले भने। 

सहयोगी दातामध्येका अगुवाइकर्ता याम सेम्बुले आफू जहाँ भएपनि गाउँको समस्यामा चिन्तित रहने गरेको बताए गाउँको समस्यालाई आफ्नै ठान्दै एम्बुलेन्स सहयोग गरेको उनको भनाई छ। 

अर्का सहयोगी  साङ्गेहाङ तुम्बाहाम्फेले भने, ‘हामीलाई हाम्रो गाउँठाउँको दुःखसुख सबै थाहा छ, हामीले एम्बुलेन्स सहयोग गर्दा विपन्न परिवारलाई सहज होस् भन्ने उद्देश्य हो।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .