ad ad

समाज


पाहुना लाग्न आएका साथीको सुतेकै ठाउँमा खन्तीले हानेर हत्या

पाहुना लाग्न आएका साथीको सुतेकै ठाउँमा खन्तीले हानेर हत्या

नेपालखबर
चैत ८, २०८० बिहिबार १०:५२, झापा

झापामा एक व्यक्तिले आफ्नो घरमा पाहुना लाग्न आएका साथीको खन्तीले हानेर हत्या गरेका छन्। 

झापा सदरमुकामसमेत रहेको भन्द्रपुर नगरपालिका- २ गौरीशंकरमा बिहीबार बिहान स्थानीय सनम भनिने गंगा राईको हत्या भएको हो। 

उनको सोही ठाउँका ३० वर्षीय कमानसिंह राईले खन्तीले हानेर हत्या गरेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 

गंगा राई गएराति कमानसिंहको घरमा बास बसेका थिए। उनीहरु पुराना साथी हुन्। 

‘हत्यामा संलग्न कमानसिंलाई पक्राउ गरिएको छ,’ जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक ढुन्डीराज गिरीले नेपालखबरसँग भने, ‘हत्याको कारण खुलेको छैन। घटनाको थप अनुसन्धान भइरहेको छ।’ 

प्रारम्भिक अनुसन्धानबाट उनीहरुबीच पुरानो रिसइबी रहेको देखिएको इन्सपेक्टर गिरीले जानकारी दिए। 

कमानसिंहले सुतिरहेको बेला फलामको ठूलो खन्तीले टाउकोमा प्रहार गर्दा गंगा राईको घटनास्थलमै मृत्यु भएको हो। 

शव पोष्टमार्टमको लागि प्रहरीले मेची प्रादेशिक अस्पताल भद्रपुर लैजाने तयारी गरिएको गिरीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .