वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा ज्यान गुमाएका खोटाङको हलेसी तुवाचुङ नगरपालिका-८ धितुङका ३० वर्षीय दीपक बुढाथोकीका आश्रित परिवारले रु सात लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग पाएका छन्।
बुढाथोकीको विसं २०८० चैत ७ गते दुबईमा सडक दुर्घटनामा निधन भएको थियो।
मृतकका दुई छोरा नौ वर्षीय दिशन र छ महिनाका इशान बुढाथोकीको पठनपाठनका लागि उनीहरूको नाममा छुट्टाछुट्टै बैंक खाता खोलेर जम्मा गर्नेगरी रु तीन–तीन लाख तथा घरखर्चका लागि बुबा जीतबहादुर, आमा रत्नकुमारी र श्रीमती सरस्वती बुढाथोकीलाई नगद रु ५०–५० हजार उपलब्ध गराइएको हो।
धितुङका स्थानीय बासिन्दा एवं नायबसुब्बा पदमा कार्यरत गणेशबहादुर कार्कीको संयोजनमा देश–विदेशमा रहेका नेपालीबाट सङ्कलित रकम सोमबार सांसद रामकुमार राई ‘पासाङ’ले मृतकका परिवारलाई हस्तान्तरण गरेका छन्। रासस
Shares
प्रतिक्रिया