झापाको शिवसताक्षी नगरपालिका–१० बिहानी टोलमा कन्काई माईखोलाले कटान सुरु गरेपछि तीन परिवार विस्थापित भएका छन्।
टोलका १० घरमध्ये तीनवटा घर अतिजोखिम रहेकाले शिवसताक्षी–१० वडा कार्यालयले जनाएको छ।
वडा कार्यालयको समन्वयमा उनीहरूलाई स्थानीय मुक्तिघाटको भवनमा स्थानान्तरण गरिने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
विस्थापित हुनेमा शिवसताक्षी–१० का प्रेमप्रसाद उप्रेती, गोलबसी ऋषिदेव र टुना ऋषिदेवको परिवार रहेको छ। रासस
3
Shares
प्रतिक्रिया