ad ad

समाज


सुनसरीमा माछा मारिरहेका २ जनालाई चट्याङ लाग्यो

सुनसरीमा माछा मारिरहेका २ जनालाई चट्याङ लाग्यो

नेपालखबर
भदौ १४, २०८१ शुक्रबार ७:५३, सुनसरी

सुनसरीको कोसी गाउँपालिका–४ मा बिहीबार साँझ चट्याङ लागेर दुईजना घाइते भएका छन्।

स्थानीय ५० वर्षीय हदिस मियाँ  र १८ वर्षीय अक्रम मियाँ चट्याङ लागेर घाइते भएका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। 

स्थानीय खोलामा माछा मार्ने क्रममा हुरीबताससँगै परेको चट्याङबाट उनीहरू घाइते भएका हुन्। घाइतेमध्ये अक्रमको अवस्था गम्भीर छ। घाइते दुवैको स्थानीय असपतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .