समाज


बालविवाह हुँदै गरेको सूचना दिनेलाई गाउँपालिकाले २५ हजार पुरस्कार दिने

बालविवाह हुँदै गरेको सूचना दिनेलाई गाउँपालिकाले २५ हजार पुरस्कार दिने

फाइल तस्बिर


नेपालखबर
पुस १७, २०८० मंगलबार ५:२३, प्यूठान

प्यूठानको ऐरावती गाउँपालिकाले बालविवाह भएको जानकारी दिनेलाई पुरस्कार दिने व्यवस्था गरेको छ।

गाउँपालिकाको गएको आइतबार बसेको १४ औं गाउँसभाले बालविवाह न्यूनीकरणका लागि बालविवाह भएको वा हुन लागेको जानकारी दिनेलाई २५ हजार रूपैयाँ नगद पुरस्कार दिने निर्णय गरेको हो।

गाउँपालिका अध्यक्ष नविलविक्रम शाहले गाउँसभाबाट बालविवाह रोकथाम र न्यूनीकरणका लागि विशेष कार्यक्रमसहित अग्रसर रहने कार्यक्रम तय गरिएको जानकारी दिए।

गाउँपालिकामा बालविवाह गर्नेको संख्या अत्यधिक देखिएपछि त्यसको रोकथामका लागि बालविवाह गर्नेको सूचना दिनेलाई पुरस्कारको व्यवस्था गरिएको उनले बताए।

बालविवाह भएको, हुँदै गरेको वा हुन लागेको जानकारी गाउँपालिका, प्रहरी कार्यालय वा जनप्रतिनिधिलाई गराउनेलाई २५ हजार पुरस्कार दिइने उनले बताए। यसले बालविवाह न्यूनीकरणमा सहयोग पुग्ने विश्वाससमेत उनले व्यक्त गरे। 

बालविवाहसम्बन्धी सूचना दिनेको नाम गोप्य राखिने अध्यक्ष शाहले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .