ad ad

समाज


दाङमा रात्रि बसले ठक्कर दिँदा २३ वर्षीय युवकको मृत्यु, अर्का एक घाइते

दाङमा रात्रि बसले ठक्कर दिँदा २३ वर्षीय युवकको मृत्यु, अर्का एक घाइते

नेपालखबर
चैत २८, २०८० बुधबार ५:३४, दाङ

दाङमा बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ। अर्का युवक घाइते भएका छन्।

तुलसीपुरबाट काठमाडौँ जाँदै गरेको ना ६ख १४८६ नम्बरको रात्रिबसको ठक्करबाट गएराति नौ बजे घोराही उपमहानगरपालिका– १७ घर भएका २३ वर्षीय सौगात ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। 

गोग्लीबाट घोराहीतर्फ जाँदै गर्दा ओलीले चलाएको लु.४१प ८०९२ न को मोटरसाइकललाई घोराही उपमहानगरपालिका– १७ बेलबासस्थित सिस्नेखोलाको ओरालोमा बसले ठक्कर दिएको हो।

बसको ठक्करबाट गम्भीर घाइते भएका ओलीको उपचारको क्रममा राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा मोटरसाइकलको पछाडि बसेका तुलसीपुर उपमहानगरपालिका– ११ बेलदमारका ३५ वर्षीय शरद लामिछाने घाइते भएका छन। उनको राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमै उपचार भइरहेको छ।

ठक्कर दिने बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .