ad ad

समाज


सल्यानमा बस पल्टिँदा १४ जना घाइते, ४ को अवस्था गम्भीर

सल्यानमा बस पल्टिँदा १४ जना घाइते, ४ को अवस्था गम्भीर

फाइल तस्बिर


नेपालखबर
बैशाख ५, २०८१ बुधबार १२:५३, दाङ

दाङबाट रुकुमका लागि हिँडेको बस बुधबार सल्यानको बागचौर नगरपालिका–२ ठिनबाँङमा दुर्घटना हुँदा १४ जना घाइते भएका छन्।

रा १ ख २०८५ नं को बस बागचौर–२ ठिनबाँङस्थित पुलदेखि तल खस्दा दुर्घटना भएको लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महारिक्षक कुवेर कडायतले जानकारी दिए। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ।

अहिले नेपाल प्रहरी र स्थानीयले घाइतेहरुको उद्धार गरी थारमारेस्थित अस्पताल तथा जिल्ला अस्पताल सल्यानमा उपचारका लागि लगिरहेका कडायतले जानकारी दिए।

 दुर्घटनाबारे थप विवरण आउन बाँकी छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .