समाज


व्यापारीलाई फोन गरेर मार्ने धम्की दिँदै ५० लाख माग्ने व्यक्ति पक्राउ

व्यापारीलाई फोन गरेर मार्ने धम्की दिँदै ५० लाख माग्ने व्यक्ति पक्राउ

नेपालखबर
पुस २०, २०८० शुक्रबार १४:२१, राैतहट

विभिन्न व्यापारीलाई फोन गरेर ज्यान मार्ने धम्की दिँदै रकम माग गर्ने एक व्यक्ति रौतहटबाट पक्राउ गरेका छन्। 

रौतहटको फतुवा बिजयपुर नगरपालिका- ८ घर भएका ३४ वर्षीय भगवान साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। 

साहले गएको मंसिर १० गतेदेखि पुस १८ गतेसम्मको अवधिमा विभिन्न व्यापारीलाई ९८०१५७७५१० नम्बरबाट फोन गरेर पाँच लाखदेखि ५० लाख रुपैयाँसम्म रकम माग गर्दै आएको प्रहरीले जनाएको छ। 

उनले स्थानीय व्यापारीहरु (नाम गोप्य)लाई फोन गरेर भनेजति रकम नदिए सम्बन्धित व्यक्ति र उनीहरुका छोराछोरीको ज्यान मार्ने धम्की दिँदै पचार लाख रुपैयाँसम्म रकम माग गरेको सूचनाको आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो। 

गोप्य सूचनाको आधारमा पक्राउ परेका साहलाई आपराधिक लाभ सम्बन्धि कसुरमा अदालतबाट म्याद थप गरेर कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .