समाज


सर्लाहीमा दुर्घटनामा परेको बसका चालकसँग भेटियो गोली

सर्लाहीमा दुर्घटनामा परेको बसका चालकसँग भेटियो गोली

नेपालखबर
माघ ८, २०८० सोमबार ११:२२, सर्लाही

सर्लाहीमा दुर्घटनामा परेको एउटा बसका चालकको साथबाट गोली बरामद भएको छ। 

आइतबार पूर्वपश्चिम राजमार्गमा पर्ने हरिवन नगरपालिका- ४ सासापुरमा वीरगन्जबाट जनकपुरतर्फ जाँदै गरेको ना ५ ख ७९३ नम्बरको बस दुर्घटनामा परेको थियो। 

बस दुर्घटनामा परेको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय हरिवनबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। 

त्यसक्रममा दुर्घटनामा परेको बसका चालक रामेछापको मन्थली नगरपालिका- ६ घर भई हाल सर्लाहीको बरहथवा नगरपालिका १ बस्दै आएका ४५ वर्षीय मीनकुमार नेवारसँग घटना सम्बन्धमा बुझ्ने क्रममा उनले शंकास्पद गतिविधि गरेपछि उनको शरीर खानतलासी गर्दा गोली फेला परेको प्रहरीले जनाएको छ। 

इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अनिल गिरीका अनुसार उनको शरीर खानतलासी गर्दा ज्याकेटको अगाडीको दाहिनेतर्फको बाहिरी गोजीमा लुकाई राखेको अवस्थामा ८ एमएमको एक राउन्ड गोली फेला परेको हो। 

गोली फेला परेपछि उनलाई नियन्त्रणमा लिएर जिल्ला अदालत मलंगवाबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको इन्सपेक्टर गिरीले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .