ad ad

समाज


वीरगन्जमा सर्वपक्षीय बैठक : सामाजिक सद्‌भाव कायम राख्ने प्रतिबद्धता

वीरगन्जमा सर्वपक्षीय बैठक : सामाजिक सद्‌भाव कायम राख्ने प्रतिबद्धता

फाइल तस्बिर


नेपालखबर
फागुन ९, २०८० बुधबार ५:२७, वीरगन्ज

दुई पक्षबीचको विवादपश्चात् वीरगञ्जमा जारी निषेधाज्ञाका विषयमा मंगलबार बसेको सबैपक्षीय बैठकले पाँच बुँदे निर्णय गरेको छ। 
    

पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालको प्रयासमा बसेको सर्वपक्षीय बैठकले एकअर्काको आस्थाको केन्द्र तथा धार्मिकस्थलको सम्मान गर्दै यस्ता किसिमका गतिविधि गर्ने जो सुकैलाई प्रचलित कानुनी कारबाहीको दायरामा ल्याउन प्रहरी प्रशासनलाई अनुरोध गर्ने निर्णय गरेको छ। 

यस्तै जातजाति, भाषा, धर्म र समुदाय सम्प्रदायबीचको एकतालाई अझ मजबुत गराई नेपाली जनताबीचको सुसम्बन्ध एवं एकतालाई विखण्डन गर्न खोज्ने जुनसुकै दुष्प्रयासलाई निष्फल पार्ने सामूहिक प्रतिबद्धता गर्ने निर्णय भएको पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिए।

त्यस्तै जिल्लाभित्र खुलम खुला डिजे बजाउने र चर्को माइक बजाउने कार्य रोक्ने, लाठी, भाला, राँके जुलुस निकाल्नेलगायतका क्रियाकलाप गर्नेविरुद्ध कानुनी कारबाही गर्न प्रशासनसमक्ष अनुरोध गर्ने र यस अभियानमा सबैले सहयोग गर्ने, जिल्लाको शान्ति सुरक्षा र अमनचयनलाई खलल पार्ने किसिमका धार्मिक, सामाजिक, सांस्कृतिक सद्भाव बिगार्ने एवम द्वन्द्वलाई उस्काउने प्रकारका गतिविधि गर्ने, धार्मिक साम्प्रदायिक ¥याली, जुलुस, बन्द हडताललगायतका कुनै पनि गतिविधि कुनै पनि समुदाय सङ्घसंस्थाले नगर्ने र यसमा सबै राजनीतिक दल, स्थानीय तह, नागरिक समाज, सङ्घ सस्ंथा एवं सरोकारवालाले सहयोग गर्ने निर्णय भएको प्रजिअ भुसालले बताए। 

बैठकले सामाजिक सञ्जालमा कुनै पनि जात धर्म वा समुदाय लक्षित गरी नकारात्मक कुरा पोष्ट गर्ने÷गराउने उपर प्रशासनबाट कानुनबमोजिम कडा कारबाही गर्ने सहमति भएको छ । बैठकमा प्रतिनिधिसभा सदस्य प्रदीप यादव, वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, मुस्लिम समुदायका अगुवा शशी कपुर मियाँ, तबरेज अहम्मद, जफर अन्सारीलगायतको उपस्थिति थियो।

यसैबीच स्थानीय प्रशासनले पर्साको वीरगञ्जमा जारी गरेको निषेधज्ञा उल्लङ्घन गरेको आरोपमा प्रहरीले नौ जनालाई पक्राउ गरेको छ। निषेधाज्ञा उल्लङ्घन गरी प्रदर्शन गर्ने उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक ध्रुबबहादुर श्रेष्ठले जानकारी दिए। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .