ad ad

समाज


सर्लाहीबाट स्रोत नखुलेको १४ लाख रुपैयाँ बरामद, पैसा बोक्ने मान्छे पनि पक्राउ

सर्लाहीबाट स्रोत नखुलेको १४ लाख रुपैयाँ बरामद, पैसा बोक्ने मान्छे पनि पक्राउ

नेपालखबर
फागुन १८, २०८० शुक्रबार ६:१९, सर्लाही

सर्लाहीबाट स्रोत नखुलेको १४ लाख रुपैयाँसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। 

बिहीबार दिउँसो लालबन्दी नगरपालिका- १४ स्थित लखन्देही खोलाबाट सोही ठाउँमा ४६ वर्षीय धनबहादुर पाख्रिन पक्राउ परेका हुन्। 

प्रहरी चौकी पत्थरकोटबाट खटिएको टोलीले प्रदेश २- ०३ -०११ प ८३५७ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्दा पाख्रिनले पछाडी भिरेको झोलामा स्रोत नहुनेको नगद १४ लाख १० हजार फेला परेको सर्लाहीका प्रहरी नायव उपरीक्षक दिपेन्द्र पञ्जियार थारुले जानकारी दिए। 

पाख्रिनले आफूसँग भएको रकमको स्रोत खुलाउन नसकेपछि उनलाई पक्राउ गरिएको थारुले बताए। 

पाख्रिनलाई इलाका प्रहरी कार्यालय लालबन्दीमा राखेर घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .