ad ad

समाज


जनकपुरमा स्कुलबसको ठक्करबाट २ जनाको मृत्यु, स्थानीयको आक्रमणबाट ७ प्रहरी घाइते

जनकपुरमा स्कुलबसको ठक्करबाट २ जनाको मृत्यु, स्थानीयको आक्रमणबाट ७ प्रहरी घाइते

नेपालखबर
फागुन २१, २०८० सोमबार ६:४८, जनकपुरधाम

जनकपुरमा स्कुल बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। 

जनकपुरधाम उपमहानगरपालिका- २३ की ५८ वर्षीया देवकली साह र सोही ठाउँकी ३५ वर्षीया राखिदेवी यादवको आइतबार दिउँसो बसको ठक्करबाट मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाका अनुसार जनकपुरधाम उपमहानगरपालिका-२३ विन्धीमा प्र २–०२–००१ क ०४३१ नम्बरको एञ्जल्स स्कुलको बसले विवाहको मटकोर विधिको लागि माटो ल्याउन जाँदै गरेका महिलाको समूहलाई ठक्कर दिएको हो। 

जनकपुर जलेश्वर सडक खण्ड हुँदै महोत्तरीतर्फ जाँदै गरेको बसले ठक्कर दिएको प्रहरीले जनाएको छ। बसको ठक्करबाट यादवको घटनास्थलमै र साहको उपचारको क्रममा स्वस्तिका अस्पताल जनकपुरमा मृत्यु भएको हो।  

बसको ठक्करबाट अन्य ६ जना घाइते भएका डीएसपी अवाले बताए। घाइतेमध्ये जनकपुरधाम- २३ की ५० वर्षीया अम्बिका देवी झाको अवस्था गम्भीर रहेकाले उनलाई थप उपचारको लागि विराटनगर रेफर गरिएको छ।

घाइते ७० वर्षीया पशुपति देवी यादव, भुवनेश्वर देवी यादव, ४ वर्षीय बालक सोनुकुमार साह, २४ वर्षीया ममता देवी यादव र ४० वर्षीया दलसिया देवी साहको जनपुरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

घटनापछि स्थानीयले बसमा आगजानी गरेका छन्। दुर्घटनापछि भागेका बसका चालक नजिकैको घरमा गएर लुकेपछि आक्रोशित स्थानीयले उनलाई आक्रमण गर्न खोजेका थिए। त्यतिबेला प्रहरीले उनलाई आक्रमण हुनबाट जोगाएको छ। 

त्यसक्रममा स्थानीयले गरेको ढुंगामुढाबाट ७ जना प्रहरी सामान्य घाइते भएका छन्। 

स्थानीयलाई तितरभितर पार्न प्रहरीले ६ सेल अश्रुग्यास प्रहार गरेको छ। ठक्कर दिने बसका चालकलाई प्रहरीले पक्राउ गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .