ad ad

समाज


बारा बस दुर्घटना : १ को मृत्यु, ४ को अवस्था गम्भीर

बारा बस दुर्घटना : १ को मृत्यु, ४ को अवस्था गम्भीर

फाइल तस्बिर


नेपालखबर
फागुन २३, २०८० बुधबार ५:४६, बारा

पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा– पथलैया सडकखण्डमा मंगलबार बस दुर्घटना हुँदा घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ। 

दुर्घटनामा घाइते भएका २७ जनामध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। 

मंगलबार दिउँसो बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ को ३ नम्बर पुल भन्ने स्थानमा बस दुर्घटना भएको हो। 

धनगढीबाट विराटनगरतर्फ गइरहेको बस पुल नजिक खोलामा खसेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ। दुर्घटनामा ज्यान गुमाएको सनाखत हुन बाँकी छ।  

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार दुर्घटनामा घाइते भएकाहरुको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .