समाज


आफूले पाएको पुरस्कार रकम इन्सपेक्टर गिरीले बालबालिकालाई दिए

आफूले पाएको पुरस्कार रकम इन्सपेक्टर गिरीले बालबालिकालाई दिए

नेपालखबर
चैत ८, २०८० बिहिबार १३:३५, सर्लाही

सर्लाहीको हरिवनमा रहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्सपेक्टर) अनिलराज गिरीले आफूले पाएको पुरस्कार रकम स्थानीय बालगृहलाई प्रदान गरेका छन्। 

इन्सपेक्टर गिरीले डिभिजन वन कार्यालय सर्लाहीबाट प्राप्त १० हजार रुपैयाँ पुरस्कार रकम हरिवन-५ घुर्कौलीमा रहेको द्वन्द्व पीडित बालगृहका बालबालिकालाई हस्तान्तरण गरेका हुन्। 

अवैध वन पैदावार नियन्त्रण कार्यमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै यही चैत ५ गते जिल्ला वन सुरक्षा समन्वय समिति सर्लाहीले इन्सपेक्टर गिरीलाई नगद १० हजार रुपैयाँ र सम्मानपत्रसहित पुरस्कृत गरेको थियो। 

बालगृहमा बस्दै आएका बालबालिकाको जीवन यापनमा केही सहयोग पुगोस् भन्ने उद्देश्यले आफूले पाएको पुरस्कार रकम बालबालिकालाई सहयोग गरेको गिरीले बताए। 

कार्यक्रममा बालगृह सञ्चालक संस्था चेतना सन्देश नेपालका अध्यक्ष सुरेन्द्र लामा, मधेस प्रदेशकी सांसद बेची लुंगेली लगायत सहभागी थिए। 

 

इन्सपेक्टर गिरीले हरिवन इलाका प्रहरी कार्यालयको कमाण्ड सम्हालेपछि त्यस क्षेत्रको शान्ति सुरक्षामा उल्लेख्य सुधार आएको भन्दै स्थानीयलेसमेत गिरीको प्रशंसा गर्ने गरेका छन्। 

गएको पुसमा परिवारका सदस्यबाटै हत्या गरेर चिहानमा गाडिएकी हरिवनकी एक किशोरीको शव निकालेर अभियुक्तलाई पक्राउ गरेका गिरीलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीले जिल्लाकै उत्कृष्ट प्रहरी घोषित गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .